प्रतिमा केसीको नयाँ गीत ‘मुटुको कप्टेरो’ सार्वजनिक
मेरोन्यूज
२०७९ जेठ १५ गते १९:४३

काठमाडौं । गायिका प्रतिमा केसीले नयाँ गीत ‘मुटुको कप्टेरो’ बजारमा ल्याएकी छिन्। आहा टिभी युट्युब च्यालनमार्फत सार्वजनिक भएको गीतमा प्रतिमालाई वीरेन्द्र चन्द ‘बेहोसी’ले साथ दिएका छन्।
मुटुको कप्टेरो विष्णु भट्टले लेखेका हुन् भने संगीत पनि उनकै रहेको छ। ओम सुनारले एरेन्ज गरेको गीतमा विशाल निरौलाले मिक्सिङ र मास्टिरिङ गरेका छन्।
ऋषि बरालले निर्देशन गरेको गीत भिडियोमा जिबी चिरण, कृतिका केसी र रुवि श्रेष्ठले अभिनय गरेका छन्। दीपक गिरीले खिचेको भिडियो आयुष्मान सापकोटाले सम्पादन गरेका हुन्।
गायिका केसीले यसअघि भन्देउ हजुर, माया लाइसको, फसल पाक्यो है, संसारको चाललगायत गीत ल्याइसकेकी छिन् भने ‘रिमझिम, राधाप्यारी, लजाएर लुकी लुकी’ गीत उनी बजारमा ल्याउने तयारीमा छिन्।
सम्बन्धित















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज प्रतिनिधि सभाको बैठक : तीन वटा विधेयक प्रस्तुत हुँदै
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया