विवाह उत्सव मनाउँदै बन्दुक पड्काउँदा बेहुलाको मृत्यु

काठमाडौँ । इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लाग्दा २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो ।
साथीहरूले बेहुलालाई लिएर अगाडि बढ्दा उत्सवको रुपमा बन्दुक पड्काएका थिए । गोली लागेलगत्तै बेहुला भुइँमा ढलेका थिए ।
गोली लागेर गम्भीर घाइते बनेका बेहुलालाई अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले मृत घोषित गरेका थिए । मध्यपूर्वका विभिन्न भागमा उत्सव मनाउँदा बन्दुक पड्काइन्छ । विवाह र इन्गेजमेन्टको सन्दर्भमा बन्दुक पड्काउनुलाई भने दुई परिवारलाई जोड्ने शक्ति र सम्मानको प्रतीकका रूपमा लिइन्छ ।
बेहुलीका साथी मोहम्मद युसुफले स्थानीय सञ्चारमाध्यमलाई भने, ‘हामी एउटा ब्युटी सैलुनमा गइरहेका थियौँ, जहाँ दुलहीले आफ्नो मेकअप गरिरहेकी थिइन्, र उत्सव मनाउन उनलाई एउटा कोठामा लैजान लागिएको थियो ।’
तर, दुलही सैलुनबाट निस्कनुअघि मुस्तफा गोली लागेर घाइते भएका थिए ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया