हजारका २० वटा नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौँ । पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई ८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई ८ मा बस्दै आएका २० वर्षीय अजय सहनी रहेका छन् ।
उनीहरूको साथबाट नेपाली १ हजार दरका २० थान नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले पर्साको जगरनाथपुर गाउँपालिका ६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली नोट साट्दै गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई मेलाबाटै १ हजार दरको २० थान नोटसहित पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर मुद्रासम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
















नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, कस्ताे रहला आजकाे माैसम ?
आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल
यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया