हत्या आरोपी पुरुष कलंकीबाट पक्राउ
काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिका ८ बराम्चे घर भएका ३५ वर्षीय कान्छा लामा तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका ६ फापरबारी ठूलो कायर ठेगाना भएका ४१ वर्षीय दिपक लामा वाइबा रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
दक्षिणकाली नगरपालिका १ पावर हाउस नजिक बाग्मती नदी किनारमा जेठ ५ गते कान्छा लामाको शव फेला परेको थियो । अनुसन्धानको क्रममा तामाङको हत्या भएको घटनामा संलग्न २ जनालाई जेठ ६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका व्यक्तिहरुको बयानको क्रममा वाइबा पनि घटनामा संलग्न रहेको खुल्न आएपछि उक्त कार्यालयबाट खटिएको प्रहरीले उनलाई समेत काठमाडौं कलंकीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।


















भारतमा मिनी बस दुर्घटना हुदाँ दश जनाको मृत्यु
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
प्रतिक्रिया