‘देशलाई आत्मनिर्भर बनाउने सपनामाथि बज्रपात’

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा सेनेटरी प्याडको करमा भारी छुट दिएको भन्दै नेपाल सेनेटरी प्याड उत्पादक संघले विरोध जनाएको छ । संघले नेपालमा रहेका करिब ४० वटा उद्योगको ६ अर्बको लगानीमाथि गम्भीर खेलबाड गरेको भन्दै संघले विरोध जनाएको हो ।
‘नेपालमा ९० करोड थान सेनेटरी प्याड उत्पादन क्षमता भई ६ हजार जनाको रोजगारी पाइरहेका छन्, नेपाली बजारको माग भने ३० करोड थान मात्रै रहेको छ,’ संघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली उत्पादन किफायति र सस्तो हुँदा पनि आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार महशुल छुटको घोषणा गर्नु गलत छ ।’
संघले आयातीत प्याडको भन्सार महशुल १.५ प्रतिशत मात्र हुँदा कच्चा पदार्थको हाराहारीमा आउने भन्दै विरोध जनाएको हो । अहिले कच्चा पदार्थको भन्सार भने १ प्रतिशत रहेको छ ।
यस्तै, संघले स्वदेशी उद्योग बन्द हुन अवस्थामा पुग्दा आगामी पाँच वर्षमा वार्षिक साढे ७ अर्ब रुपैयाँ बाहिरिने जनाएको छ । संघले देशलाई आत्मनिर्भर बनाउँदै जाने सपनामाथि ठूलो बज्रपात भएको संज्ञा दिएको छ ।
















देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया