आफ्नै कपाल खाने लतमा परेकी महिलाको पेटबाट निकालियो ‘कपालको बल’

एजेन्सी / अमेरिकामा आफ्नै कपाल तानेर खाने लतमा परेकी एउटी महिलाको पेटबाट ठूलो ‘कपालको बल’ निकालिएको छ । उनको आन्द्राभित्र कपालको गुजुल्टो बेरिएर एउटा बल नै बनेको थियो । वाकवाक तथा बान्ता हुने र पेट अत्यधिक सुन्निएपछि उनी अमेरिकाकाे एउटा अस्पताल पुगेकी थिइन् । उनलाई खानेकुरामा रुची घटेको थियो, जसका कारण पछिल्लो ८ महिनामा उनको १५ पाउन्ड तौल घटेको थियो ।
नाम सार्वजनिक नगरिएकी ती महिलालाई जाँच गरेपछि चिकित्सकहरूले तत्काल शल्यक्रिया कक्षमा लगेका थिए । शल्यक्रिया गर्दा उनको पाँचन नलीमा एउटा कपालको गुजुल्टो फेला परेको थियो । कपालको सानो ‘पुच्छर’ उनको आन्द्रामा फसेको थियो । अर्को चार सेन्टिमिटर कपाल आन्द्रभित्र बेरिएको थियो । ३८ वर्षीया ती महिला दुर्लभ रापुन्जेल सिन्ड्रोमबाट पीडित भएको चिकित्सकले बताएका छन् ।
मेडिकल जर्नलमा प्रकाशित रिपोर्टअनुसार यस्तो सिन्ड्रोम भएका व्यक्तिले आफ्नै कपाल तान्छन र कतिपय अवस्थामा तानेको कपाल खाइदिन्छन् । पेटभित्र जम्मा भएका कपालले उनलाई नराम्रो असर गरेको थियो ।
उनमा वाकवाक हुने, बान्ता आउने, पेट फुल्ने र तौल घट्ने जस्ता लक्षण देखिएका थिए । शल्यक्रिया गरी पेटबाट कपालको ठूलो गुजुल्टो निकालेपछि उनी ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । चिकित्सकहरूले उनलाई मनोवैज्ञानिक थेरापी गर्न सुझाव दिएका छन् ।
युवतीलाई कुपोषणको उपचारसमेत गरिएको थियो । चिकित्सकले उनलाई अण्डा र कुखुराको मासुजस्ता प्रोटिनयुक्त खाना र दैनिक खानेकुरामा आइरन खान सुझाव दिएका छन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया