बालेन र प्रधानमन्त्री देउवाबिच भेटवार्ता
मेरोन्यूज
२०७९ जेठ १८ गते १८:१५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहसँग भेटघाट गरेका छन्।
बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन्। प्रधानमन्त्री देउवाले मेयरमा निर्वाचित भएकोमा शाहलाई बधाई समेत दिएका थिए।
‘तपाईंले चमत्कार गर्नुभयो। म खुसी छु। पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ,’ प्रधानमन्त्री देउवाकाे भानाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्री देउवासँग बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए। ‘विश्वास र साथ दिनुहोला, महानगर बनाउने काम मेरो भयो,’ बालेनले प्रधानमन्त्री देउवालाई भने।
यसअघि बालेनले मतपरिणाम नआउँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई उनको निवास बालकोट पुगेर भेटेको तस्बिर मंगलबार सार्वजनिक भएको थियो।
सम्बन्धित


















बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया