रोहितलाई इन्डोनेसियामा समर्थकको भव्य स्वागत

काठमाडौं । पर्सिक कदिरी एफसीसँग अनुबन्ध भएसँगै इन्डोनेसिया पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्दलाई क्लबका समर्थकले भव्य स्वागत गरेका छन् ।
बुधबार जाकर्ता पुगेका रोहितलाई समर्थकले विमानस्थलमै पुगेर स्वागत गरेका थिए । यस्तै मैदानमा समेत रोहितलाई समर्थकले स्वागत गरेका थिए ।
यस अघि पाँच वर्ष पर्सिजा जाकर्तामा बिताएका रोहित पर्सिक कदिरी पुगेका थिए । त्यस यता उनी पहिलो पटक इन्डोनेसिया पुगेका हुन् ।
सन् २०१७ मा दोस्रोपटक पर्सिजासँग अनुबन्ध भएका रोहितले क्लबबाट चार उपाधि जित्दै कुल १ सय ४५ खेल खेल्दै १० गोल गरेर ११ गोलमा एसिस्ट प्रदान गरेका थिए ।
रोहितको उत्कृष्ट प्रदर्शनको मद्दतमा पर्सिजाले सन् २०१८ मा लिगको उपाधि पनि उचालेको थियो । उक्त सिजन रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
रोहितका दाइ रवीन्द्र चन्दका अनुसार रोहितलाई क्लबले एक वर्षको लागि सम्झौता गरेको हो ।
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ अब नेपालमा
इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
प्रधानमन्त्री कप क्रिकेटः एपीएफको विजयी सुरुवात
राप्रपाको निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
प्रतिक्रिया