युक्रेन कतार विश्वकप नजिक
मेरोन्यूज
२०७९ जेठ १९ गते ७:२७

काठमाडौं / स्कटल्यान्डलाई ३–१ ले हराउँदै युक्रेन कतार विश्वकप अन्तर्गत युरोपेली छ्नोटको प्ले अफको फाइनलमा प्रवेश गरेको छ । अब, युक्रेनले विश्कपमा स्थान बनाउन फाइनल प्ले अफमा वेल्सको सामना गर्नेछ । यो खेल आइतबार राति कार्डिफमा हुनेछ ।
स्कटल्यान्डको हाम्पडेन पार्कमा युक्रेनको जितमा एन्ड्री यार्माेलेन्को, रोमन यारेमचुक र अर्टि डोभ्यकले गोल गरे । स्कटल्यान्डका कलुम म्याकग्रेगरले एक गोल फर्काए ।
यो खेल गत मार्चमै हुनुपर्ने भए पनि रसियाले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि खेल स्थगित भएको थियो ।
कतार विश्वकपका लागि हालसम्म २९ राष्ट्र छनोट भइसकेका छन् । अन्तर माहादेशीय छनोटबाट अब वेल्स र युक्रेन, अष्ट्रेलियाविरुद्ध पेरु तथा कोस्टा रिका र न्युजिल्यान्डमध्येबाट ३ राष्ट्र छनोट हुन बाँकी छ ।
सम्बन्धित
















चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
प्रतिक्रिया