होटल संघले प्लास्टिकजन्य सामानको प्रयोग हटाउने

काठमाडौं । होटल संघ नेपालले प्लास्टिकजन्य सामानको प्रयोग सकेसम्म नगर्ने गरी अभियान चलाउने भएको छ । आफुसाग आवद्द रहेका होटलहरुका कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामानको प्रयोग सकेसम्म नगर्ने गरी अभियान घोषणा गरेको हो ।
होटल संघले पत्रकार सम्मेलन गरेर यस्तो अभियानको घोषणा गरेको हो ।
विश्वमा व्यापक रुपमा फैलिएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरी यसबाट बाँच्न र बचाउनका लागि हामी सबै जागरुक हुनु पर्ने भन्दै होटल संघले जलवायु र यसको मानव जीवनमा पर्ने नकारात्मक प्रभावप्रति सवैं सचेत हुनु आवश्यक रहेको बताउको छ ।
‘कोभिडपछिको पर्यटनलाई तीब्र गतिमा लयमा फर्काउने उद्देश्यले होटल संघ नेपालले होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न “Campaign to Eliminate Single-Use Plastic from Hotel Rooms” सम्बन्धी औपचारिक कार्यक्रम घोषणा गरेका हौं,’ होटल सघ नेपालले भनेको छ ।
प्लास्टिकको झोला, स्ट्र, कफी स्टिरर, सोडा र पानीका बोतलहरू र प्याकेजिङ जस्ता वस्तुहरु फ्याँक्नु अघि एक पटक मात्र प्रयोग गरिन्छ । आँकडा अनुसार हरेक वर्ष करिब ३ सय मिलियन टन प्लास्टिक उत्पादन हुन्छ भने यसको आधा मात्र डिस्पोजेबल हुने देखिन्छ ।
होटलका कोठामा प्रयोग हुने प्लास्टिकजन्य वस्तुहरुलाई न्यूनीकरण गरी विश्वव्यापी रूपमा हरित आतिथ्यता उद्योगको परिकल्पना गरिएको छ । यसलाई निरन्तरता दिँदै होटल संघ नेपालले वातावरणीय दिगोपनाका लागि होटेलका कोठाहरूमा एकल प्रयोग हुने प्लास्टिक वस्तुहरूको विकल्प खोजेको जनाएको छ ।
संघले आफ्ना क्षेत्रीय संघका अध्यक्षहरू र कार्यकारी समितिका सदस्यहरूसँग एक कार्यशाला आयोजना गरेर वैकल्पिक उत्पादनहरू प्रदर्शन गरी सचेतना फैलाउने प्रतिबद्धता जनाएको छ ।
सोही अभियानलाई केन्द्रित गरी कम भन्दा कम लागतमा पाहुनाहरुलाई सत्कार गरी वातावरणीय अनुकुलतालाई प्राथमिकतामा राखी पर्यापर्यटनमैत्री उत्पादनहरुको प्रयोगलाई अगाडि बढाइएको संघले जनाएको छ ।
बुकिङ डट कमले प्रकाशित गरेको रिपोर्टमा ६८ प्रतिशत पाहुनाहरु पर्यावरणमैत्री होटलहरु पर्यटकले रुचाउने गरेको देखिन्छ । विश्वव्यापी रुपमा ८७ प्रतिशत पर्यटकहरु दिगो यात्राका लागि तयार रहेको देखिन्छ ।
‘होटललाई वातावारणमैत्री प्रविधि प्रयोग गरेर सुविधा सम्पन्न होटलमार्फत वातावरण र दिगो विकासमा उल्लेख्य योगदान पुग्ने हामीले ठानेका छौं,’ होटल संघले भनेको छ,–‘हाम्रो लक्ष्य भनेको होटलहरुमा अत्याधुनिक वातावरणमैत्री प्रविधि नै प्रयोग गर्ने योजना रहेको छ र यस महान अभियानलाई नेपालमा हरित पर्यटनको प्रवद्र्धकको रूपमा नेपालमा दिगो पर्यटन र विश्वव्यापी रूपमा यसको प्रतिस्पर्धात्मक ब्रान्डिङमा योगदान पु¥याउने सबै सरोकारवालाहरूका साथै राज्यबाट सहयोग हुने अपेक्षा लिएका छौं ।’


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया