५२ जिल्लाका महिलाले बन्ध्याकरण गरेर विवाह गर्छन् ? : सांसद चौधरी

काठमाडौं । एमालेकी सांसद गंगा चौधरीले सरकारले स्वास्थ्य सेवा प्रदानमा विभेद गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९–८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागी हुँदै उनले केही जिल्लाका लागि मात्र सीमित रोगी र सुत्केरीलाई भत्ता उपलब्ध गराउने कार्यक्रमले विभेद गरेको भन्दै आपत्ति जनाइन् ।
जटिल रोगका बिरामीलाई दिइने पाँच हजार भत्ताले औषधि किन्न नपुग्ने भन्दै उनले आफू सिकलसेल एनिमियाको रोगी रहेकाले दैनिक एक हजार रुपैयाँको औषधि खानेको बताइन् । तर, गरिब तथा निम्न आय भएका सिकलसेल एनिमियाका रोगीले औषधि खान नसक्ने अवस्था रहेको बताएकी थिइन् ।
‘क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार दिन अब बन्द गर्नुस्, भीआईपीले पाउने उपचार खर्च गरिब जनतालाई दिनुस्,’ उनले भनिन्, ‘तपाईंहरुले ३० लाख खर्च गरेर मिर्गौला प्रत्यारोपण र डायलासिस गर्ने, अनि गरिब जनतालाई पाँच हजारले ललिपप देखाउन खोजेको हो ?’
२५ जिल्लामा सुत्केरी भत्ता दिने सरकारको कार्यक्रमले पनि जनतालाई विभेद गरेको बताएकी थिइन् । उनले बाँकी ५२ जिल्लाका महिला विवाहअघि बन्ध्याकरण गरेका हुन्छन् वा उनीहरुले बच्चा जन्माउनु नपर्ने हो भन्दै प्रश्न गरेकी थिइन् ।
‘५२ जिल्लाका दिदीबहिनीले विवाहअघि स्थायी बन्ध्याकरण गरेर विवाह गर्छन् ?, तिनीहरूले बच्चा जन्माउनु पर्दैन ? ५२ जिल्लामा गरिब, विपन्न महिला छैनन् ?, विभेदकारी तपाईंहरूको समाजवाद यही हो ?,’ चौधरीले प्रश्न गरिन् ।
















नेपाल लाइफद्वारा इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक
नेशनल लाईफ इन्स्योरेन्सद्वारा ३ दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ पोखरामा सम्पन्न
सामसङ नेपालले घोषणा गर्यो होलीको अफर
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया