५० हजार घुससहित प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ
मेरोन्यूज
२०७९ जेठ १९ गते २०:१५
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका १ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई ५० हजार घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।
विद्यालयमा भवन निर्माणसम्बन्धी कामका लागि सेवाग्राहीबाट जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित मामाज किचेनमा आज बेलुका ५ बजे घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिवासको संयुक्त टोलीले दुवै जनालाई रंगेहात पक्राउ गरेको हो ।
घुस रकमसहित पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि अख्तियारले आफूसँगै लगेको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया