सम्झौताअनुसारको मल नदिएपछि ताकेता गर्न कृषि मन्त्री भारत प्रस्थान
मेरोन्यूज
२०७९ जेठ २० गते ११:०१

काठमाडौं । सम्झौताअनुसार भारतले रासायनिक मल उपलब्ध नगराएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादव भारत प्रस्थान गरेका छन् ।
खाद्य स्वच्छन्दतासम्बन्धी कार्यक्रममा सहभागी हुन भारत गएका मन्त्री यादवले सो कार्यक्रम सकेलगत्तै भारतका रसायन तथा उर्बर मन्त्रीलगायत तीनजना मन्त्रीसँग छलफल गरेर फर्कनेछन् ।
भारतसँग जिटुजी प्रणालीबाट मल खरिद गर्ने सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा कम्पनी छनौट गरिसकेको भए पनि सम्झौताअनुसार रासायनिक मल उपलब्ध हुन नसकेपछि मन्त्री यादवले भारत भ्रमणका क्रममा ताकेता गर्ने भएका छन् ।
मन्त्री यादवका प्रेस सहयोगी सत्यप्रकाश यादवका अनुसार व्यापार सहजीकरण, अलैंची चिया निर्यात, हरियाणा र नोयडाबाट उपलब्ध गराउने भनिएको मुर्गाजातका भैंसी आयात गर्ने विषयमा पनि छलफल हुनेछ । मन्त्री यादव २६ जेठमा स्वदेश फर्कनेछन् ।
सम्बन्धित















मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
टी–२० विश्वकप फाइनल : भारतद्वारा न्यूजिल्यान्डलाई २५६ रनको लक्ष्य
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
प्रतिक्रिया