भोट हाल्न हिँडेकी वृद्धाको बाटैमा हत्या, नातीविरुद्ध जाहेरी दर्ता

खोटाङ । मतदानका लागि शहरबाट गाउँ लैजाने क्रममा हजुरआमाको बाटैमा हत्या गरेको अभियोगमा नातीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
खोटाङको जन्तेढुंगा गाउँपालिका ५ चिसापानी घर भई इटहरी उपमहानगर १६ बालग्रामचोक बस्दै आएकी ७७ वर्षकी तुलसा खड्काको हत्या भएको हो । उनलाई मतदान गर्नका लागि गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको भन्दै नातीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालका अनुसार गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै वृद्धा गत २६ वैशाखमा नातीसँग सुनसरीबाट खोटाङ हिँडेकी थिइन् । प्रहरीका अनुसार उनको बुधबार मात्र सनाखत भएको हो । गाउँ हिँडेकै दिनदेखि वृद्धा बेपत्ता बनेकी थिइन्
वृद्धाको शव ३१ वैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका ५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो । बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोष्टमार्टम गरेको थियो । पोष्टमार्टमपछि पनि आफन्त खोजी गर्न नगएपछि गत जेठ २ गते अन्तिम संस्कार गरिएको थियो ।
‘गत वर्ष डेण्टलमा लगेर ठुलीआमाको दाँत हालिदिएको थिएँ, उहाँले रातो पारी भएको पहेँलो साडी र राधे लेखिएको गेरु रंगको कपडा ओढ्नु भएको थियो,’ उनको आफन्त लक्ष्मी खड्काले भनिन्, ‘शव सडेर नचिनिने अवस्थामा भए पनि यही प्रमाणको आधारमा पहिचान गरेका हौँ, म घरमा नभएको बेला कोठाबाट हिँडाएछ, बेलुका घर आएर फोन गर्दा घण्टी गयो र फोन काटियो ।’
पारिवारिक बेमेल र हिंसा पीडित भएपछि लक्ष्मीले वृद्धालाई आफ्नो घर नजिकै कोठा व्यवस्था गरी एक वर्षदेखि राख्दै आएकी थिइन् ।
मतदान गर्न जाने क्रममा वृद्धा बेपत्ता भएपछि आफन्तले नातीलाई शंका गर्दै आएका थिए । गत १० जेठसम्म सम्पर्कमा रहेका अभियुक्त १३ जेठदेखि सम्पर्कविहीन बनेको लक्ष्मी बताउँछिन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले बताए ।


















बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया