शुक्रबार, वैशाख ४, २०८३

एक करोड १९ लाख ठगीका अभियुक्त पक्राउ

मेरोन्यूज २०७९ जेठ २० गते २१:३७

काठमाडौँ । एक करोडभन्दा बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका ४ बस्ने ४८ वर्षीय जीवनकुमार केसी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले एक करोड १९ लाख ८४ हजार ठगीसम्बन्धी कसूरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलेले नयाँ बजारबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया