नेपाल ओमानसँग पराजित
मेरोन्यूज
२०७९ जेठ २१ गते ९:४७

काठमाडौं । कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित भएको छ । कतारको दोहामा शुक्रबार बन्द रंगशालामा भएको खेलमा ओमानलाई जित दिलाउन ओमार अल मलिकी र इसाम अल सुभीले समान एक गोल गरे ।
नेपालले हाल एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि कतारमा बन्द प्रशिक्षण गरिरहेको छ ।ओमानसँगको खेलसँगै नेपालको बन्द प्रशिक्षणन्तर्गत मैत्रीपूर्ण खेलको तालिका पूर्ण भएको छ । नेपालले कतारमा तीन मैत्रीपूर्ण खेल खेल्यो । जसको पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ को र दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो ।
एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपाल अब कुवेत प्रतियोगिताका लागि कुवेत प्रस्थान गर्नेछ । समूहमा नेपालसँगै जोर्डन, इन्डोनेसिया र कुवेत छन् ।
नेपाली टिम आज नै कुवेत प्रस्थान गर्दैछ ।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया