छात्रामाथि यौन दुर्व्यवहार गर्ने होष्टलका वार्डेन पक्राउ
मेरोन्यूज
२०७९ जेठ २१ गते १८:३९

काठमाडौँ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होष्टल वार्डेन पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामजी बस्नेत रहेका छन् ।
उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा रामेछापबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउँदै गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
सर्वनाम शिक्षालयका छात्राहरूले वार्डेन बस्नेतले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । यसबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावक होस्टल पुगेका हुन् ।
होस्टलमा प्रहरी पुग्दा बस्नेत फरार भइसकेका थिए । प्रहरीले अनुसन्धानका लागि शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी उनकी पत्नीलाई समेत पक्राउ गरेको छ ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया