बिहीबार, माघ ८, २०८२

छात्रामाथि यौन दुर्व्यवहार गर्ने होष्टलका वार्डेन पक्राउ

मेरोन्यूज २०७९ जेठ २१ गते १८:३९

काठमाडौँ । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होष्टल वार्डेन पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामजी बस्नेत रहेका छन् ।

उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा रामेछापबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याउँदै गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

सर्वनाम शिक्षालयका छात्राहरूले वार्डेन बस्नेतले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । यसबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावक होस्टल पुगेका हुन् ।

होस्टलमा प्रहरी पुग्दा बस्नेत फरार भइसकेका थिए । प्रहरीले अनुसन्धानका लागि शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी उनकी पत्नीलाई समेत पक्राउ गरेको छ ।

प्रतिक्रिया