बुधबार, वैशाख २३, २०८३

रोहिणी बस दुर्घटना अपडेट : नौ जनामध्ये छ जनाको पहिचान खुल्यो

मेरोन्यूज २०७९ जेठ २२ गते ११:३५

बुटवल । रुपन्देहीको रोहिणी पुलमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका नौ जनामध्ये छ जनाको पहिचान खुलेको छ। बाँकी तीन जनाको पहिचान खुलेको छैन।

Advertisement
NiccNicc

मृत्यु हुनेमा बुटवलको योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल, रौतहटका २० वर्षीया दिनेश दास, रूपन्देहीकै ओमसतिया गाउँपालिका ४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै रूपन्देहीको तिलोत्तमा नगरपालिका ९ की तुल्सी बस्याल र भारतीय नागरिक अरविन्द्र शर्माको मृत्यु भएको छ।
आइतबार बिहान करिब साढे ४ बजे लु २ ख ३८४१ नम्बरको जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको परासी- भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको थियो ।दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।

बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए। दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ। नौ जनाको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया