बलिउड अभिनेता शाहरुखमाथि पाँच अर्बको लगानी हुँदै

काठमाडौँ । सन् २०१८ रिलिज आनन्द एल रायको फिल्म ‘जीरो’पछि बलिउड अभिनेता शाहरुख खानले अभिनयबाट लामो ब्रेक लिए । तर, उनका फ्यानले उनलाई पुनः फिल्ममा हेर्नका लागि उत्साहित थिए ।
योसँगै शाहरुखले एकसाथ तीन फिल्मको घोषणा गरेका छन् । जसमा यशराज प्रोडक्सनको ब्यानरमा बनिरहेको एक्सन स्पाई फिल्म ‘पठान’, राजकुमार हिरानीको फिल्म ‘डंकी’ र दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमारको फिल्म ‘जवान’ छन् । केही दिनअघि मात्र उनले ‘जवान’को टिजर सार्वजनिक गरेका थिए ।
‘शाहरुख एक वर्षमा आफ्ना तीन फिल्मका साथ दर्शकमाझ आउने छन्, यी फिल्मको बजेट उच्च छ, तीन फिल्मको कूल बजेट करिब ५०० करोड (पाँच अर्ब)सम्म छ । शाहरुखको स्टारडमलाई हेर्दै निर्माताले उनको फिल्ममा लगानी गर्न कुनै कसुर बाँकी राखेका छैनन्,’ स्रोतले भनेको छ ।
फिल्म ‘पठान’ २५ जनवरी २०२३ मा रिलिज हुँदै छ । फिल्ममा शाहहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया प्रमुख भूमिकामा छन् । फिल्ममा सलमान खानको केमियो पनि छ ।
फिल्म ‘डंकी’मा पहिलोपटक अभिनेत्री तापसी पन्नु शाहरुखसँग रोमान्स गर्दै छिन् । राजकुमार हिरानीको निर्देशन रहने फिल्म कमेडीसँगै इमोसनल ड्रामा फ्लेभरको हुने छ । फिल्म २२ डिसेम्बर, २०२३ मा रिलिज हुनेछ ।
फिल्म ‘जवान’मा शाहरुखका अलावा नयनतारा, सान्या मल्होत्रा, सुनिल ग्रोवरलगायतका कलाकारको अभिनय छ । फिल्म २ जुन २०२३ मा रिलिज हुँदै छ ।










कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया