चिलीमाथि दक्षिण कोरियाको जित
मेरोन्यूज
२०७९ जेठ २४ गते ८:०२

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टिम दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २–० को जित निकालेको छ ।
मंगलबार राति घरेलु मैदानमा कोरियालाई जित दिलाउन ही–चान ह्वाङ र ह्युङ मिन सनले गोल गरे ।
खेलको १२औं मिनेटमा ह्वाङले गरेको गोलबाट कोरियाले अग्रता लिएको थियो । यस्तै, इन्जुरी समयमा सनले गोल गरेपछि कोरियाले २–० को जित निश्चित गरेको हो ।
खेलको ५२औं मिनेटमा एलेक्स आइबाक्यासले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा समेटिदै खेलको अन्त्य गरेको थियो ।
यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा कोरिया ब्राजिलसँग ५–१ ले पराजित भएको थियो । यस्तै, चिलीले भने दोस्रो मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग खेल्ने तालिका छ ।
सम्बन्धित
















नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया