गोवामा श्रीमानकै अगाडि बेलायती महिलाको बलात्कार

तेहरान । भारतमा एक बेलायती महिला श्रीमानकै अगाडि बलात्कृत भएकी छन् । मसाज गराउने बहानामा एक स्थानीय पुरुषले गोवाको अरामबोल समुद्र तटनजिकै उनलाई बलात्कार गरेका हुन् । बलात्कार आरोपित स्थानीय भिन्सेन्ट डिसोउजा अरामबोल तटनजिक मसाज सेवा दिने एउटा अबैध समूहका सदस्य रहेको बुझिएको छ ।
प्रहरीका अनुसार उनले यसअघि एउटा विद्यालयको पुस्तकालयमा काम गर्थे । प्रहरीले उनलाई सोमबार नै पक्राउ गरेको छ ।
गोवा घुम्न आएकी पीडित महिलाले प्रहरीलाई दिएको उजुरीअनुसार समुद्र तटनजिकै रहेकोे पानी तालको छेउमा पुरुष साथीसँग सुतिरहेको बेला मसाज गराउने बहानामा आरोपीले बलात्कार गरेका थिए ।
सो घटना २ जुनमा भएको थियो । तर, महिलाले बेलायतमा रहेका आफ्ना परिवारका सदस्यहरूसँग सल्लाह गरेर सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् । उनलाई भारतस्थित बेलायती दूतावासले पनि सहयोग गरेको थियो ।
उजुरी पाएको एक घण्टाभित्र इन्स्पेक्टर विक्रम नाइकको नेतृत्वको प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । प्रहरीले आरोपितबारे थप अनुसन्धान गरिरहेको छ । प्रहरीले सोमबार राति नै आरोपित र पीडित दुबैको मापुसा सहरको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेको थियो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया