‘माओवादी केन्द्रमा मन्त्री फेर्न दबाब, छलफल भएको छैन’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने कुरा उठिरहेको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकालाई फेर्नु पर्ने आवाज उठिरहेको बताएका हुन् ।
नेता पुनले नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरू फेर्न दबाब परेको बताए । उनले मन्त्री फेर्नेबारे कुनै छलफल नभएको स्पष्ट पारे ।
‘हाम्रोमा अहिलेसम्म कुनै छलफल भएको छैन, समाजवादीका साथीहरूले पूरै सेट फेरिसकेपछि हाम्रोमा पनि दबाब छ, कांग्रेसमा पनि दबाब छ, जसपामा दबाब छ,’ नेता पुनले भने, ‘यो दबाबलाई नेताहरूले कति थेग्नु हुन्छ थाहा छैन, हाम्रो अझै छलफल सुरु भएको छैन, अहिले फेर्नुपर्छ कि भन्नेखालका आवाजहरू उठिरहेको छ ।’
त्यसैगरी सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेला मन्त्री फेर्न नमिल्ने बताए । उनले अहिले मन्त्री परिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने उल्लेख गरे ।
‘सरकारमा फेरबदल नै गर्नुपर्ने भए पनि, पहिलो त संयुक्त सरकार हो यो, संयन्त्र छ, आचार संहिता छन्, मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरू बदल्छु भनेर कहीँ मिल्छ त्यो ?,’ उनले भने, ‘त्यो संयुक्त सरकारको सोचसँग मेल खाएन, र अहिले पछिल्लो बेलामा शीर्ष नेताहरू बसिसकेर अहिले बाहिर सार्वजनिक भइसकेको छ, त्यो नमिल्ने कुरा उहाँहरूले सच्याउनु भएको छ ।’
उनले गठबन्धनका शीर्ष नेताहरू बसेर मन्त्री हेरफेर गर्ने निर्णय सच्याइसकेको बताए ।
















८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र : निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
प्रतिक्रिया