प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग टुंगिन समय लाग्छ : नेता खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा नेता खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको स्पष्ट पारेका हुन् । उनले प्रस्ताव दर्तापछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पु¥याउन महाअभियोग लगाइएको बताए ।
‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि, यो प्रस्तावअगाडि आएको छ, यसलाई विस्तारै प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने अनि क्रमशः एउटा टुंगोमा पु¥याउने कुरा हो नि त, त्यसकारण समय अझै छ,’ उनले भने, ‘समिति गठन भएको छ, समितिले माग गर्नुप¥यो नि त, त्यो समितिको के उत्तरदायित्वको निम्ति, के कार्यभारको निम्ति त्यो समिति गठन भएको हो, अनि संसदले काम गर्नुप¥यो, त्यसपछि त अगाडि बढिहाल्छ नि ।’
नेता खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पूरा गर्नु पर्ने बताए ।


















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान:कस्तो रहला आज देशभरको मौसम ?
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया