किंग्स् कलेजका विद्यार्थीद्वारा शिल्पीमा नाटक मञ्चन

काठमाडौँ । काठमाडौँस्थित किंग्स् कलेजले विद्यार्थीमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ शिल्पी थियटरमा त्रयम् शीर्षकको नाटक मञ्चन गरिरहेको छ ।
गत २० गतेदेखि प्रदर्शनीमा रहेको नाटक विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक तथा लैंगिक विषयमा रूची एवं चासो राख्नेका लागि सान्दर्भिक रहेको कलेजले जनाएको छ ।
नाटकले आलंकारिक रुपमा भूत, वर्तमान र भविष्यका साथसाथै बिहानी, दिवा र साँझगरी तीन–तीनवटै चरणलाई प्रतिनिधित्व हुने गरी महिलाको आवाजलाई उजागर गरेको छ । हाल नेपालमा महिलाको अवस्थामा परिवर्तन ल्याउन उनीहरुको अपेक्षित प्रतिनिधित्वलाई नाटकले जोड दिएको छ ।
कलाकार एवं निर्देशक दिलिप रानाभाटले निर्देशन रहेको नाटकमार्फत व्यापार एवं उद्यमशिलताको शिक्षामा श्रृजनशितला, साहित्य तथा नविनताका अवयवलाई कसरी मिश्रण गर्न सकिन्छ भनेर प्रयोगात्मक ढंगबाट परीक्षण गर्नका लागि यस अवधारणालाई अगाडि सारिएको नाटक संयोजक दिक्षित भट्ट बताउँछन् ।
कलेजले यसै वर्षदेखि संचालनमा ल्याएको बीबीए इन अप्लाईड आर्टस् एण्ड डिजाइन कार्यक्रमको प्रयोगात्मक हिस्साको रुपमा समेत यस नाटक प्रदर्शनीलाई लिन सकिने जनाइएको छ ।
कलेजका प्राद्यानाध्यापक नरोत्तम अर्यालले हालसम्म व्यापार शिक्षाको क्षेत्रमा मानवीय मूल्य मान्यतालाई नकार्ने परिप्रेक्षमा विद्यार्थीलाइ व्यापार व्यवसायमा कला, साहित्य, श्रृजनशिलता तथा नविनताकाका साथसाथै मानविय भावनालाई संलग्न गराउन सहयोग पुग्ने बताए ।













निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया