बुधबार, फागुन २७, २०८२

किंग्स् कलेजका विद्यार्थीद्वारा शिल्पीमा नाटक मञ्चन

मेरोन्यूज २०७९ जेठ २५ गते २१:२०

काठमाडौँ । काठमाडौँस्थित किंग्स् कलेजले विद्यार्थीमार्फत सामाजिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ शिल्पी थियटरमा त्रयम् शीर्षकको नाटक मञ्चन गरिरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गत २० गतेदेखि प्रदर्शनीमा रहेको नाटक विद्यार्थी, शिक्षक, अभिभावक तथा सामाजिक तथा लैंगिक विषयमा रूची एवं चासो राख्नेका लागि सान्दर्भिक रहेको कलेजले जनाएको छ ।

नाटकले आलंकारिक रुपमा भूत, वर्तमान र भविष्यका साथसाथै बिहानी, दिवा र साँझगरी तीन–तीनवटै चरणलाई प्रतिनिधित्व हुने गरी महिलाको आवाजलाई उजागर गरेको छ । हाल नेपालमा महिलाको अवस्थामा परिवर्तन ल्याउन उनीहरुको अपेक्षित प्रतिनिधित्वलाई नाटकले जोड दिएको छ ।

कलाकार एवं निर्देशक दिलिप रानाभाटले निर्देशन रहेको नाटकमार्फत व्यापार एवं उद्यमशिलताको शिक्षामा श्रृजनशितला, साहित्य तथा नविनताका अवयवलाई कसरी मिश्रण गर्न सकिन्छ भनेर प्रयोगात्मक ढंगबाट परीक्षण गर्नका लागि यस अवधारणालाई अगाडि सारिएको नाटक संयोजक दिक्षित भट्ट बताउँछन् ।

कलेजले यसै वर्षदेखि संचालनमा ल्याएको बीबीए इन अप्लाईड आर्टस् एण्ड डिजाइन कार्यक्रमको प्रयोगात्मक हिस्साको रुपमा समेत यस नाटक प्रदर्शनीलाई लिन सकिने जनाइएको छ ।
कलेजका प्राद्यानाध्यापक नरोत्तम अर्यालले हालसम्म व्यापार शिक्षाको क्षेत्रमा मानवीय मूल्य मान्यतालाई नकार्ने परिप्रेक्षमा विद्यार्थीलाइ व्यापार व्यवसायमा कला, साहित्य, श्रृजनशिलता तथा नविनताकाका साथसाथै मानविय भावनालाई संलग्न गराउन सहयोग पुग्ने बताए ।

प्रतिक्रिया