कारागार निगरानीको जिम्मा पुनः प्रहरीलाई, नेपाली सेनाको टोली फिर्ता

लमजुङ । लमजुङ कारागार बेसीसहरको सुरक्षामा खटिएको नेपाली सेना फिर्ता भएको छ । विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमका बेला कारागार निगरानीमा खटिएको नेपाली सेनाको टोली संक्रमण जोखिम सकिएसँगै फिर्ता भएको हो ।
दुई वर्षअघि कारागारको सुरक्षा दिँदै आइरहेका नेपाल प्रहरीलाई कोरोना भाइरसका कारण अन्यत्र खटाइएपछि सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो । सेना फिर्ता भएसँगै हाल कारागार निगरानीको जिम्मा पुनः नेपाल प्रहरीले लिएको छ ।
तत्कालीन समयमा कोरोना संक्रमण जोखिम बढेसँगै भारतसँगको सीमा नाकामा हुने भिड नियन्त्रण तथा क्वारेन्टिनको सुरक्षामा प्रहरी केन्द्रित भएकाले सरकारको निर्णयअनुरूप कारागार सुरक्षाका लागि सेनालाई दिइएको थियो । लमजुङबाहेक अन्यत्र जिल्लामा पनि नेपाली सेनाले कारागार निगरानीको जिम्मा लिएको थियो ।
अन्यत्र जिल्लाका कारागारबाट केही महिनाअघि नै सेना फिर्ता भए पनि लमजुङमा भने स्थानीय तह निर्वाचनको समयसम्म सेनालेनै जिम्मा लिएको थियो । स्थानीय चुनावका बेला प्रहरी परिचालन गर्नुपर्ने भएकाले सुरक्षा समितिले चुनाव अवधिसम्म कारागारको निगरानी सेनाले नै गर्ने निर्णय गरेको थियो । चुनाव सम्पन्न भएसँगै सुरक्षा समितिको निर्णयबमोजिम कारागारबाट सेना फिर्ता भएको सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
कारागार निगरानीको जिम्मा नेपाली सेनाले लिने निर्णय भएसँगै तत्कालीन समयमा बेसीसहरको उदिपुरस्थित नेपाली सेनाको श्रीजंग गणबाट खटिएका नेपाली सेनाले कारागारको निगरानी गर्दै आएका थिए । केही महिनाअघिमात्रै श्रीजंग गणको सरुवा भएसँगै जिल्लामा आएको चण्डिप्रसाद गणले कारागारको निगरानी गर्दै आएको थियो ।
जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम कारागारको बाहिरी सुरक्षा सेनाले गर्दै आए पनि आन्तरिक व्यवस्थापन र अत्यावश्यक काम भने प्रहरीले नै गर्दै आएको थियो । सेनाको निगरानीमा रहेका बेला पनि कारागारमा रहेका कैदीबन्दीलाई अदालत, अस्पताल लैजाने ल्याउने, भेटघाटको व्यवस्थापन गर्ने काम प्रहरीले नै गर्दै आएको हो । ३५ जनाको क्षमता रहेको जिल्ला कारगारमा हाल सात महिला र ९३ जना पुरुष गरी एक सयजना कैदीबन्दी छन् ।
















टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
शुक्रबारदेखि मौसम बदली, यी स्थानमा वर्षा र हिमपात
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया