मिटर ब्याजी पैसामा सम्पत्ति कब्जा गरी यौन शोषण गर्ने साहुको खोजी, यस्ता घटनाबारे जानकारी दिन गृहको आग्रह

काठमाडौं । गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिनेलगायत प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयले त्यस्ता गतिविधि भएको कुनै सूचना पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।
केही दिनदेखि सप्तरीका मिटरब्याजी रामदेव साह तेलीले १० लाख रुपैयाँ मिटर ब्याजमा पैसा दिएर ३२ लाख रुपैयाँ र सबै सम्पत्ति कब्जा गरेको समाचार प्रकाशित भएको थियो ।
यस्तै, उनले ब्याज मिनाह गरिदिने भन्दै एक महिलालाई तीन वर्षसम्म ‘यौन शोषण’ गरेको उजुरी परेपछि प्रहरीले खोजी गरिरहेको छ ।

















एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै
तोरी काटिरहेको ठाउँमा चितुवाले आक्रमण गर्दा महिलाको मृत्यु
दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख
यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य
मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया