मिटर ब्याजी पैसामा सम्पत्ति कब्जा गरी यौन शोषण गर्ने साहुको खोजी, यस्ता घटनाबारे जानकारी दिन गृहको आग्रह

काठमाडौं । गृह मन्त्रालयले मिटर ब्याजसम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारप्रति ध्यानाकर्षण भएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौनशोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिनेलगायत प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण विज्ञप्तिमा जनाइएको छ ।
मन्त्रालयले त्यस्ता गतिविधि भएको कुनै सूचना पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।
केही दिनदेखि सप्तरीका मिटरब्याजी रामदेव साह तेलीले १० लाख रुपैयाँ मिटर ब्याजमा पैसा दिएर ३२ लाख रुपैयाँ र सबै सम्पत्ति कब्जा गरेको समाचार प्रकाशित भएको थियो ।
यस्तै, उनले ब्याज मिनाह गरिदिने भन्दै एक महिलालाई तीन वर्षसम्म ‘यौन शोषण’ गरेको उजुरी परेपछि प्रहरीले खोजी गरिरहेको छ ।

















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया