कुवेतविरुद्ध युवा खेलाडीको परीक्षा

कुवेत सिटी । एएफसी एसियन कप २०२३ छनोटअन्तर्गत समूह ए को दोस्रो खेलमा आज नेपालले आयोजक कुवेतविरुद्ध खेल्दैछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानिय समय अनुसार राति ७ः१५ मा ( नेपाली १० बजे) सुरु हुनेछ ।
प्रतियोगितामा दोस्रो खेल खेल्दै गर्दा दुबै टोली पहिलो जितको खोजीमा छन् । समूहको पहिलो खेलमा घरेलु टोली कुवेत इन्डोनेसियासँग २–१ अन्तरले पराजित भएको थियो । यस्तै, नेपाल बलियो टोली जोर्डनविरुद्ध २–० अन्तरले खेल गुमाएको थियो ।
जोर्डनविरुद्ध युवा टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सोहि सेटलाई मौका दिने योजनामा छन् । त्यसैले दोस्रो दिन टोलीमा कुनै परिवर्तन हुने छैन । गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङले डेब्यु खेलमा आशालाग्दो प्रदर्शन गरेका थिए ।
यस्तै, एक वर्षअघि यसै मैदानमा चोट बोकेर यहि मैदानमा कमब्याक गरेका विकास खवासले समेत उत्कष्ट प्रदर्शन जारी राखे । पहिलो हाफको अन्त्यमा गोलरुक्षक दीपले एक पेनाल्टी बचाउँदै आफूलाई सिद्ध गरे ।
यस्तै अग्रपंक्तिमा आयुष घलान, मनिष डांगीसँगै सेसेहाङ आङ्देम्बे, पुजन उपरकोटी, सुरज जिउ ठकुरी, रक्षक द्वय गौतम श्रेष्ठ र सुमन अर्यालले समेत आशालाग्दो प्रदर्शन गर्दै युवा टोलीमा थप हौसला प्रदान गरे ।
यता, बलियो मानिएको घरेलु टोली कुवेत भने मैदानमा बाहिरको खराव आवाजलाई मैदानमा समेत निरन्तरता दिँदै दुःखद् नतिजा बेहोर्न बाध्य भयो । टिम छनोटबाटै विवादमा रहेको कुवेती टिमले मैदानमा समेत राम्रो प्रभाव पार्न सकेको छैन । उमेर ढल्केका खेलाडीलाई टोलीमा स्थान दिँदा हाल कुवेत एफए नै विवादमा तानिएको छ र उसको समर्थन समेत पहिलो खेलमा खुसी देखिएका थिएनन् ।
औषत ३० उमेरका खेलाडी सामु नेपालका औषत २२ खेलाडीले जुझारु प्रदर्शन गर्नेमा प्रशिक्षक अब्दुल्लाह विश्वस्त छन् । नियमित र अनुभवी १० खेलाडी विना कुवेतमा रहेको नेपाली टिमको यस खेललाई परिक्षाको रुपमा समेत हेरिएको छ । जोर्डनसँग बराबरी गर्ने योजना सफल नभएपछि प्रशिक्षक अब्दुल्लाहले बाँकी दुई खेलमा आफ्नो पक्षमा खेल पार्ने योजना बुनेका छन् ।









कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
सांग्रिला मोटर्सले लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प गर्दै
जापानमा बेरोजगारी दर २.६ प्रतिशत
मंसिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया