दक्षिण भारतीय अभिनेता मोहनलालविरुद्ध मुद्दाको तयारी

मुम्बई । अवैध रुपमा हात्तीको दाँत राखेको आरोपमा दक्षिण भारतीय अभिनेता मोहनलाल कानुनी झमेलामा पर्ने भएका छन् । उनीविरुद्ध वन्यजीव अपराध मामलामा मुद्दा दर्ता गर्ने तयारी भएको छ । किनकी तल्लो अदालतले उनीविरुद्ध परेको अभियोजन कारवाहीलाई फिर्ता लिनका लागि राज्य सरकारले दिएको निवेदनलाई खारेज गरिदिएको छ । प्रथम श्रेणी मजिस्ट्रट कोर्ट पेरुम्बवुरले निवेदन खारेज गरेका हुन् ।
केरला सरकारले आफ्नो निवेदनमा मामिलालाई आधारहीन बताउदै अदालतसमक्ष मुद्दा बन्द गर्न आग्रह गरेको थियो । सहायक लोक अभियोजकले मुद्दालाई अगाडि बढाउनु निरर्थक अभ्यास र अदालतको महंगो समयको बर्बादी भनेको थियो ।
यद्यपि, वकिल अब्राहम पी मेन्चिकाराले अभियानलाई फिर्ता लिनुपर्ने कुराको विरोध गर्दै मोहनलालसँग हात्तीको दाँतको स्वामित्वको प्रमाण पत्र नभएको अवस्थामा मुद्धालाई फिर्ता लिनु आधारहीन हुने बताए । ‘हात्तीका दाँतको जोडी पाइएको थियो, जबकी १३ हात्तीदाँत कलाकृतिहरुका लागि अभिनेताकाविरुद्ध कुनै पनि मुद्दा चलेन’, उनले भनेका छन् ।
सन् २०१२ मा आयकर अधिकारीहरुले मोहनलालको घरमा छापा मार्दा चार हात्तीका दाँत भेटेको थियो, त्यसपछि उनको विरुद्ध उजुरी परेको थियो ।
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया