बुवा हराएको ६२ वर्षपछि किरिया सकेलगत्तै पूर्वसांसद थापाको निधन

काठमाडौँ । पूर्वसांसद भद्रबहादुर थापाको निधन भएको छ । रामपुर नगरपालिका १० बर्दले बस्ने थापाको ७३ वर्षको उमेरमा आज निधन भएको हो ।
पूर्वसांसद थापा करिब दश वर्षअघिदेखि मुटु रोगको बिरामी थिए । स्व. थापाको कालीगण्डकी नदीको बर्दले घाटमा वैदिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ । उनी विसं २०४९ मा तत्कालीन गेझा गाविसको पहिलो अध्यक्षका रूपमा निर्वाचित भएका थिए ।
नेकपा एमालेबाट निर्वाचित भई विसं २०४९ देखि २०५४ सम्म गेझा गाविसको अध्यक्षका रूपमा सेवा गरेका थापा २०५४ मा जिल्ला विकास समिति पाल्पाको उपसभापति, २०५६ मा पाल्पा क्षेत्र नं १ को प्रतिनिधिसभा सांसदमा निर्वाचित भएका थिए । स्व. थापाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।
आफ्ना बुवाको किरिया गरेर पिण्ड दिँदै गर्दा किरियाकर्म सम्पन्न नहुँदै उनको बिहान ९ बजेतिर निधन भएको हो । बुवा ६२ वर्ष अगाडिदेखि बेपत्ता भएकामा अब जीवितै नरहेको निष्कर्षका साथ उनले १२ दिन अगाडिदेखि बुबाको किरियाकर्म गरिरहेका स्थानीय दामोदर तिमिल्सिनाले जानकारी दिए । बुवाको किरिया सकेलगत्तै उनको निधन भएको हो ।
पाल्पाका नेकपा एमाले र नेपाली कांग्रेसका नेता, जनप्रतिनिधि, कार्यकर्ता, समाजसेवी, बुद्धिजीवीलगायत कालीगण्डकी नदीमा पुगेर थापाको पार्थिक शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया