लगातार दोस्रो जितसँगै भारतको सम्भावना बलियो
मेरोन्यूज
२०७९ जेठ २९ गते ७:४०

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणमा भारतले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार घरेलु मैदान भारतले प्रतिस्पर्धात्मक खेलमा अफगानिस्तालाई २–१ अन्तरले पराजित गरेको हो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र सहल अब्दुलले एक एक गोल गरे ।
८५औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलबाट भारतले अग्रता लिएको थियो । यद्यपि, त्यसको तीन मिनेटपछि हारुन फाखरुद्दिनले गोल गर्दै अफगानिस्तानलाई १–१ को बराबरीमा फर्काए ।
तर, निर्धारित समयको इन्जुरी मिनेटमा सहल अब्दुल समदले गोल गर्दै भारतलाई २–१ को रोमाञ्चक जित दिलाएका थिए ।
जितसँगै डी मा दुई खेलबाट ६ अंक जोडेको भारत दोस्रो स्थानमा उक्लिएको छ । समान खेल र अंकबाट हङकङ शीर्षस्थानमा छ । समूहबाट शीर्षस्थानमा रहने टोली सिधै एसिया कपमा स्थान बनाउने छ ।
सम्बन्धित
















नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया