लमजुङमा नगदसहित सात जुवाडे पक्राउ
लमजुङ । लमजुङ प्रहरीले सदरमुकाम बेँसीशहरबाट ४४ हजार रुपैयाँ नगदसहित सात जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले शनिबार दिउँसो २ बजेको समयमा बेँसीशहर ७ पुरानो बैंकचोकस्थित बुद्धि कुमार श्रेष्ठको घरमा हार जितको बाजी राखी जुवा तास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेँसीशहर नगरपालिकाका तीन जना, मर्स्याङ्दी गाउँपालिकाका दुई जना, दोर्दी गाउँपालिकाको एक जना र नवलपरासी जिल्लाका एक जना रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट १६० पत्ती तास र नगद ४४ हजार ७ सय ७० रुपैयाँ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए । उनका अनुसार आइतबार सार्वजनिक बिदा परेका कारण उनीहरूलाई सोमबार जिल्ला प्रशासन कार्यालय लमजुङमा म्याद थप गरी अनुसन्धान गरिनेछ ।
लमजुङ प्रहरीले चालु आव २०७८–७९ मा जुवातास खेल्ने खेलाउने ८० जना पुरुष र १ महिलालाई नगद ८ लाख ६५ हजार दुई सय रकम बरामद गरी कानुनको दायरामा ल्याएको छ ।


















इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया