५० करोड रुपैयाँ ठगी गर्ने ६ जनालाई सफाइ
मेरोन्यूज
२०७९ जेठ ३० गते १८:४९

काठमाडौँ । नेपाल इञ्जिनियरिङ कलेज भक्तपुरको अनियमितता गरी ५० करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपित लम्बोदर न्यौपानेसहित ६ जनालाई सफाइ दिएको छ । न्यौपानेसहित ६ जनालाई भक्तपुर जिल्ला अदालतले सफाइ दिएको हो ।
सामाजिक संस्थाका रूपमा दर्ता भएको कलेजको स्थापना कालदेखि हालसम्म न्यौपानेले मात्रै ३३ करोड ७५ लाख १७ हजार ६४६ रुपैयाँ ठगी गरेको भन्दै असुल उपर गराउन मुद्दामा मागदाबी गरिएको थियो ।
त्यस्तै, प्रतिवादीहरू रामरत्न उपाध्यायबाट ४ करोड ७० लाख, लवराज भट्टराईबाट ६ करोड ३४ लाख, उपेन्द्र गौतमबाट ५ करोड ६९ लाख, रामकुमार श्रेष्ठबाट २८ लाख ६४ हजारसमेत असुल उपर गराउने माग दाबी थियो ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको एकल इजलासले अन्तिम आदेश दिँदै दाबी नपुग्ने ठहर गरी सफाइ दिएको हो ।
सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया