एमालेले भन्यो : जनमत तलमाथि भएको छैन, परिणाम चाहिँ अपेक्षा अनुरुप भएन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तह निर्वाचनमा जनमत तलमाथि नभएको तर सिट घटेको बताएको छ ।
आइतबार बसेको सचिवालय बैठकमा पत्रकारसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले मतमा एमाले ठूलो भएको भएको तर, नेतृत्वमा विगतभन्दा कमजोर नतिजा आएको बताए । त्यस विषयमा समीक्षा हुने उनको भनाइ थियो ।
पार्टीमा अन्तर्घात भएका विषयमा वडादेखि देशभर सम्बन्धित कमिटीमा समीक्षा हुने उनले बताए । उनले केही स्थानमा उम्मेदवारी चयनलगायत विषय मिलाउन नसक्दा समस्या देखिएको बताए ।
‘समयमै उम्मेदवार चयन गर्न नसक्दा, अकांक्षीको व्यवस्थापन गर्न नसक्दा, निर्वाचन परिचालनमा आवश्यक पर्ने कुशलता देखाउन नसक्दा केही ठाउँमा पराजय भएको छ,’ उनले भने, ‘प्रमाणित तथ्य र पार्टीलाई हराएको पुष्टि हुनेलाई सम्बन्धित कमिटीले कारबाही गर्ने छन्, तर पार्टीले कुन चाहिँ घात अन्तर्घात, कुन चाहिँ असमझदारी हो भनेर छुट्याउँछ र सही घारमा पार्टी पङ्क्तिलाई राख्न पहल हुने छ ।’
सरकारले नै निर्वाचनको स्वच्छतालाई दूषित बनाउने काम गरेको भन्दै एमालेले चिन्ता व्यक्त गरेको छ ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा २९४ पालिकाको प्रमुख जितेको एमाले योपटक २०५ स्थानमा मात्रै जित हात पारेको थियो । यसका केही बाह्य र केही पार्टीभित्रकै कारण भएको एमाले सचिवालय बैठकले निष्कर्ष छ ।
पालिका प्रमुख र उपप्रमुखमा कम स्थानमा जित हात पारे पनि लोकप्रिय मत (पपुलर भोट)मा पहिलो भएको एमालेको निष्कर्ष निकालेको छ । पार्टी उपमहासचिव ज्ञवालीले प्रमुख, उपप्रमुख, वडाध्यक्ष र समग्र मत हेर्दा एमालेले ३४ प्रतिशत पपुलर भोट पाएको बताए ।
‘पपुलर भोटमा कांग्रेसभन्दा पहिलो शक्तिका रुपमा स्थापित हुँदै गरेको स्टेबल प्याटर्न हामीले देखेका छौँ, त्यसैले जनमत तलमाथि भएको छैन, परिणाम चाहिँ अपेक्षा अनुरुप आएको छैन,’ उनले भने ।
एमालेले आगामी मंसिरमा हुने प्रदेश र संघीय निर्वाचनको तयारीमा जुट्न सुरु गर्ने बताएको छ ।


















मौसम पूर्वानुमान:कस्तो रहला आज देशभरको मौसम ?
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया