काठमाडौंमा एकैदिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारवाही, मापसे गर्ने १३३ जना
मेरोन्यूज
२०७९ जेठ ३१ गते १०:५७

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २२० जना सवारी चालमाथि कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण सोमबार उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६५ जना, मादक पदार्थ सेवन ९मापसे० गरेर सवारी साधन चलाउने १३३ जना, तिब्र गतीमा सवारी साधन चलाउने ६० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०९ जना, लेन उल्लंघन गर्ने ५३ जना सवारी चालक रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया