हुम्लामा आँखा शिविरबाट १०७ जना मोतिविन्दु शल्यक्रिया
नाम्खामा आँखा उपचार केन्द्र सञ्चालन

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले नेत्र विशेषज्ञ प्रा.डा. गोविन्द पौड्यालको प्राविधिक टोलीबाट हुम्ला सिमीकोटमा जेष्ठ २५ र २६ गते याल्बाङ, नाम्खामा २७ र २८ गतेको शिविरमा जम्मा ८५२ जना सेवाग्राहीहरुको आँखा परिक्षणका साथ उपचार गरी मोतिविन्दु १०७ जना अन्य ४ गरि जम्मा १११ (सिमिकोटमा ४८ र नाम्खामा ६३) जनाको शल्यक्रिया सहितको आँखा शिविर सम्पन्न भएको छ ।
सिमीकोट शिविरको लागि स्वास्थ्य सेवा कार्यालय जिल्ला अस्पताल सिमीकोट, नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालबाट संचालित आँखा उपचार केन्द्र हुम्ला र नेपाल रेड्क्रस सोसाइटीको विशेष सहयोग रहेको थियो भने उक्त शिविरमा प्रमुख जिल्ला अधिकारी लगायत सम्बन्धित कार्यालय प्रमुखहरुको निरीक्षण भएको थियो।
याल्बाङ, नाम्खामा नाम्खा गाउँ पालिकाको आयोजनामा आँखा शिविर सम्पन्न भएको थियो।
शिविर सञ्चालन अगाडी नाम्खा गाँउ पालिकाका नेत्र सहायक र कार्यालय सहायक बाट १७ दिन पालिकाको विभिन्न गाउँहरुमा पुगी मोतिविन्दुका बिरामी छनौट शिविर संचालन भएको थियो ।
छनौट भएका मोतिविन्दुका बिरामीहरु ल्याउने र लाने काम नाम्खा गाँउ पालिकाले गरेको थियो भने आवश्यक परेका बिरामीको खाना र बस्न स्थानीय विद्यालय सहयोगी संस्था हिमालयन चिल्ड्रेन सोसाइटीको सहयोग थियो ।
आँखा शिविरमा तिब्बत चीन सिमाना यारी, लीमी भ्याल्ली देखी स्याडा, सर्केघाट गाँउहरु सम्मका स्थानियवासीले सेवा लिएका थिए सो शिविरमा सेवा लिएका मध्ये ७२ वर्षिय यारी निवासी खेम्चोक लामा विगत ५ वर्ष देखी अन्धकारमय जिवन जिउदै आएकोमा उक्त शल्यक्रिया शिविरबाट पुनः दृष्टि प्राप्त भै सामान्य जिवन यापन गर्न सक्ने भएका छन्। उक्त शिविरहरुको लागि सेवा फाउन्डेसन नेपालबाट पनि सहयोग प्राप्त थियो ।
नाम्खामा आँखा उपचार केन्द्र
नाम्खा गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंको सहकार्य र सेवा फाउन्डेसनको सहयोगमा याल्बाङ, नाम्खा गाउँपलिकामा जेष्ठ २९, २०७९ देखि आँखा उपचार केन्द्र स्थापना भएको छ ।
प्रतिष्ठान र फाउन्डेसनको सहयोगमा संचालित सवैभन्दा दुर्गम क्षेत्रमा रहेको आँखा उपचार केन्द्र हो भने नाम्खा गाउँपलिका एकीकृत स्वास्थ्यसेवा प्रणालीको आँखा सेवा संचालन गर्ने हुम्ला जिल्लाको पहिलो गाउँपलिका हो।
















मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया