रूसद्वारा बेलायती मिडियाका २९ जनामाथि प्रतिबन्ध

काठमाडौं । रूसले बेलायती मिडियाका २९ जनालाई प्रतिबन्ध लगाएको छ। द गार्जियनका पाँच जना पत्रकारसहित २९ जनालाई रूस प्रवेश गर्न प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले जनाएको छ।
पश्चिमी राष्ट्रले रूसमाथि लगाएको प्रतिबन्धको जवाफमा रूसले यो कदम लिएको हो। रूसको बारेमा भ्रामक सूचना फैलाउने र बेलायती सरकारको रूस विरोधी कार्यका कारण प्रतिबन्ध लगाएको द गार्जियनले जनाएको छ।
‘रूसबारे र युक्रेनमा भइरहेका घटनाबारे गलत र एकतर्फी सूचना प्रकाशन गरेको हुँदा बेलायती पत्रकारहरूलाई पनि सूचीमा राखिएको छ,’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ। सैनिक अधिकारी, एरोस्पेस तथा सांसदलगायत सुरक्षा निकायसँग सम्बन्धित २० जनालाई पनि प्रतिबन्ध लगाएको छ।
रूसले द गार्जियनका प्रधान सम्पादक क्याथरिन भाइनर, शअन वाकर, लुक हार्दिन लगायत पत्रकारहरूलाई प्रतिबन्ध लगाएको हो। बीबीसी, द सन्डे टाइम्स, द डेली मेल, द इन्डिपेन्डेन्ट, डेली टेलिग्राफ, स्काइ न्युज र अन्य मिडियाहरूलाई पनि प्रतिबन्ध लगाएको छ।
गार्जियनसँगै टाइम्स, द टेलिग्राफ, डेली मेल र इन्डिपेन्डेन्टका प्रधानसम्पादकलाई पनि प्रतिबन्ध लगाएको छ। रूसले गत फेब्रुअरी २४ युक्रेनमाथि आक्रमण गरेयता रूसी तथा विदेशी स्वतन्त्र मिडियाहरूलाई नियन्त्रणमा लिने प्रयास गर्दै आएको छ।
युद्ध सुरू भएपछि रूसी सेनाबारे गलत सूचना फैलाउने मिडियाहरूलाई अपराधीकरण गर्ने कानुन समेत ल्याएको थियो।
त्यसपछि धेरै मिडियाहरू रूसबाट चल्न बन्द भएका थिए। रूसले पत्रकारहरूलाई १५ वर्षसम्मको जेल सजाय दिने कानुन ल्याएको थियो।








महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
आज कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया