एकीकृत समाजवादी र जसपाका मन्त्री हेरफेर गर्ने देउवाको तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः सत्ता गठबन्धनमा रहेका दुई दल एकीकृत समाजवादी र जनता समाजवादीभित्रको चर्काे दवावका वीच मन्त्री हेरफेरको निर्णयमा पुगेका छन् । बजेट पारित भईसकेको र जसपाले विवाद टुग्गाएर सहमितमा मन्त्रीको नाम हेरफेरमा पठाए त्यही अनुसार मन्त्री हेरफेरमा प्रधानमन्त्री लचिलो बनेको बालुवाटार स्रोतले बताएको छ ।
तर उनले आफ्नो पार्टीकातर्फबाट सहभागी मन्त्री परिवर्तन गर्न चाहेका छैनन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि अहिले मन्त्री हेरफेर तिर नलाग्न सुझाई रहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड पनि आफनो पार्टीका मन्त्री अहिले फेरेर चुनावको मुखमा ४ महिना नयाँ मन्त्री पठाउने सोचमा देखिन्नन् ।
तर माधव नेपालको पार्टी एकीकृत समाजवादीमा सवैलाई भाग पुरयाउने गरी आलोपालो मन्त्री बनाउने बचन अनुसार, मन्त्री फेर्ने पर्ने दवाव बढेपछि र उपेन्द्र यादवको पार्टी जनता समाजवादीमा यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भटटराईको आ आफनै रोजाईको मन्त्रीको सूची तयार भएपछि प्रधानमन्त्री गठबन्धनमा सहभागी दुई दलका मन्त्री हेरफेर गर्ने सोचमा पुगेका हुन् ।
यधपी, उनले जसपाभित्रको हेरफेरले पार्टीमा विग्रह ल्याउन सक्नेमा सचेत देखिएका छन् । जसपाको आन्तरिक विवादमा आफु नपर्ने गरी उनले कसरी हेरफेर गर्ने भन्नेमा अर्काे गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सम्वाद गरिरहेका छन् ।
एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ । त्यसलाई स्थायी समिति बैठकबाट पनि अनुमोदन गराईसकेको छ । एकीकृत समाजवादीले मन्त्रीहरू प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार र भवानी खापुङलाई स्वास्थ्यमन्त्री तथा हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
जसपामा भने उपेन्द्र यादव अहिलेका उधोगमन्त्री महेन्द्र राय यादवलाई फिर्ता बोलाएर उनको ठाँउमा नयाँ पठाउने र अरुलाई निरन्तरता दिन चाहिरहेका छन् । तर डा भटटराई पूरै सेट फेर्न खोजिरहेका छन् । महेन्द्रराय यादव डा भटटराई पक्षमा रहेका कारण यादव उनलाई मात्रै फेर्न चाहिरहेका छन् ।
तर जसपामा यादव र भटटराईको विवादका कारण के गर्ने भन्ने अन्यौल कायमै छ । डा बाबुरामले यादवले मात्र पठाएको सूचीका आधारमा निर्णय नगर्न र पार्टीमा यादव, आफु र अशोक राईको हस्ताक्षरलाई मात्र कार्यान्वयन गर्न प्रधानमन्त्रीमाथी दवाव बढिसकेको छ । दुवै पक्ष पार्टी विभाजन हुन सक्ने भन्दै बहुमत आफ्नोतर्फ पार्न सांसद तानातानमा छन् ।
स्रोतका अनुसार मन्त्री बदलेर भए पनि यादव पार्टीमा बहुमत बचाइराख्ने दाउमा छन् भने भट्टराई मन्त्रीको अफरसहित धेरै सांसदलाई आफ्नो पक्षमा पार्ने योजनामा छन् । यादव र भट्टराई दुवैले प्रधानमन्त्रीलाई भेटेर आफूले सिफारिस गरेअनुसार मन्त्रिपरिषद् हेरफेर गर्न आग्रह गरेको बालुवाटार स्रोत बताउँछ ।
माओवादीमा केही नेताहरुले अर्थमन्त्री विवादमा रहेको भन्दै उनलाई फिर्ता बोलाउनु पर्ने बताउन थालेका छन् । तर प्रचण्ड अर्थमन्त्री झिक्ने पक्षमा छैनन । प्रचण्ड अहिले चुनावको बेला मन्त्री हेरफेरको किचलोमा नपर्ने तयारी माओवादी अध्यक्ष प्रचण्डको छ । फेर्ने पर्ने भए पार्टीको असार १५ बाट बोलाएको केन्द्रीय समिति बैठक अगाडी कुनै निर्णयमा पुग्ने सोचमा प्रचण्ड छैनन ।
प्रधानमन्त्री देउवा जसपा र एकीकृत समाजवादीको किचलो र दवावका कारण अव एकाध दिनमै मन्त्री हेरफेरको निश्कर्षमा पुगेका छन् । उनले सुदूरपश्चिम प्रदेशका कार्यक्रम सकाएर फर्किएपछि मन्त्रिपरिषद् हेरफेर को तयारी गरेका छन् ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया