मनाङ जाने बेँसीशहर–चामे सडक पहिरोले अवरुद्ध
मेरोन्यूज
२०७९ असार ४ गते १३:४८

लमजुङ । मनाङ जाने एकमात्रै बेँसीशहर–चामे सडक पहिरोका कारण अवरुद्ध भएको छ। अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा शनिबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
खरखरे भीरमा ठुल्ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रुहरू गन्तव्यतर्फ जान पाएका छैनन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदिश रेग्मीका अनुसार पहिरोले १०–१५ मिटर सडक अवरुद्ध बनाएको छ ।
डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङले एस्काभेटरको सहयोगले सडक खुलाउने प्रयास गरेको आयोजनाका प्रमुख अच्युतबिलास पन्तले बताए ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया