शुक्रबार, माघ २३, २०८२

कांग्रेसलाई पराजित गर्दै जिसस नवलपुरमा एमालेको प्यानलै विजयी

मेरोन्यूज २०७९ असार ४ गते १७:०७

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा नेकपा एमाले विजयी भएको छ । शनिबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी हुनुभएको छ । सदस्यमा एमालेकै पिनकुमारी चितौरे मगर, रेनु गुरौ थारू, सरस्वती पाठक, सम्झना सार्की, कुलप्रसाद शर्मा भुसाल, लिला पौडेल र लोकनाथ अर्याल विजयी भएका छन् ।

जिल्ला समन्वय समतिमा एमालेको ११ र कांग्रेसको पाँच मत रहेको थियो ।

प्रतिक्रिया