जिसस इलाममा एमाले–नेकपा एस तालमेल हुँदा कांग्रेस पराजित

काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस) इलामको प्रमुखमा एमालेका उम्मेदवार जयप्रकाश राई विजयी भएका छन् । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार चित्रकला बराइली निर्वाचित भएकी छन् ।
प्रमुखमा निर्वाचित राईले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी भएका हुन् । उपप्रमुखमा एकीकृत समाजवादीका चित्रकला बराइलीले कांग्रेसकी कमला अधिकारी बराललाई हराउँदै विजयी भएकी हुन् ।
प्रमुखमा एमालेका राईले १२ मत प्राप्त गर्दा उपप्रमुखमा एकीकृत समाजवादीका बराइलीले १३ मत प्राप्त गरेकी थिइन् । सदस्यमा एमालेका प्रेमराज गुरुङ, शेरबहादुर खालिङ, रामप्रसाद लिम्बू, सीता कार्की र मीनाकुमारी राई निर्वाचित भएका छन् ।
एकीकृत समाजवादीका तृष्णा लोहार र सपनादेवी राई शेर्पा निर्वाचित भएका छन् ।
जिसस निर्वाचनमा इलाममा एमाले र समाजवादीले तालमेल गरी उम्मेदवारी मनोनयन दर्ता गराएको थियो ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया