छटीघाटमा पुलबाट कार खस्दा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार ५ गते ११:५५
सर्लाही । जिल्लाको धनकौन गाँउपालिका ५ स्थित छटीघाट पुलबाट गएराति कार खस्दा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा ७ जना यात्रु घाइते भएका छन् ।
सर्लाहीको छतौनाबाट रौटहटको वृन्दावन हरैयातर्फ जाँदै गरेको भारतीय नम्बरको कार गएराति एक बजे पुलबाट अन्दाजी १५ फिट तल खसेको थियो ।
दुर्घटनामा रौतहटको बृन्दावन नगरपालिका ४ का शुभलाल यादवका ४ वर्षीय छोरा गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका सबैलाई उपचारका लागि बरहथवास्थित एडभान्स संजिवनी अस्पताल पठाइएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनापछि फरार भएका कार चालकको खोजी भइरहेको छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया