अश्लिल शब्द बोलेको भन्दै मन्त्री प्रेम आलेविरुद्ध संसदीय समितिमा उजुरी

काठमाडौँ । संसदको चारण अनुगमन समितिको कार्यालय संघीय संसद सिंहदरबारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध उजुरी परेको छ । आलेले प्रतिनिधिसभा सदस्यको आचार संहिताविपरीत गतिविधि गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित उजुरी परेको हो ।
‘डोटीका माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका विषयमा अश्लिल शब्द प्रयोग गरेको अडियो बाहिर आएका छन्,’ उजुरीमा भनिएको छ, ‘सांस्कृतिक मूल्य मान्यताको जगेर्ना गर्दै संस्कारयुक्त समाज निर्माण गर्ने जिम्मा पाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका आले ज्यूले टेलिफोन वार्तामा अश्लिल शब्द मात्रै प्रयोग गर्नु भएन ठेगान लगाउनेसम्मको धम्की दिनु भयो ।’
उनले विभिन्न सार्वजनिक स्थानमा राजनितक दलका नेता तथा निजामति कर्मचारीलाई अश्लिल तथा अपशब्द प्रयोग गर्ने गरेकोसमेत उजूरीमा उल्लेख छ । यसैबीच ३ असार शुक्रबार नेपालका विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा सार्वजनिक भएको सुन्नै नसक्ने अडियो र सञ्चार माध्यममा आएअनुसार नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको समेत जानकारीमा आएको छ ।
त्यस्तै, प्राधिकरणकै अध्यक्षलाई टेलिफोनमा कुनै ठाउँमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अत्यन्तै खदजनक अश्लिल शब्द प्रयोग गरिएको भेटिएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया