बाढीबाट पाेखरामा पक्की मोटरेवल पुलमा क्षति
काठमाडौँ । गएरातिको अविरल वर्षापछि सेती नदीमा आएको बाढीबाट पोखरा महानगरका दुई वडा जोड्ने पक्की मोटरेवल पुलमा क्षति भएको छ । पोखरा २५ हेमजा र वडा नं १९ पुरुनचौर जोड्ने गरी मर्दीदोभानभन्दा केही तल सेती नदीमाथि बनाइएको ट्रष्ट पुलमा बाढीले क्षति पुर्याएपछि यातायात आवागमन बन्द भएको छ ।
पुलको जगभन्दा तलबाटै नदीले कटान गरेपछि पिल्लर कोल्टिएर ट्रष्ट पुल पूर्ण रुपमा क्षति भएको र सञ्चालनमा आउन नसक्ने डिभिजन सडक कार्यालय पोखराले जनाएको छ । पुलबाट अब मानिस हिँडडुल गर्नसमेत जोखिम भएको बताइन्छ । पुलका संरचना अन्यत्र स्थानान्तरण गर्नु पर्ने देखिएको छ ।
सडक कार्यालयले पाँच वर्षअघि निर्माण गरेको सो पुल ७२ मिटर लामो र सात मिटर फराकिलो छ । पुलको पुरुनचौरपट्टीको क्षेत्रमा पिल्लरसँगैको एप्रोज दुई मिटरजति नदीले बगाएको छ ।
बाढीले पुलको पिल्लरसँगै मुख्य जीपमा पनि क्षति पुर्याएको पोखरा महानगर १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बताए । पुलको मुख्य संरचनामा बाढीले क्षति पुर्याएकाले ठूलो क्षति पुगेको उनले भनाए छ । पुल अवरुद्ध भएपछि साना ठूला सबै सवारीका साधन आवतजावत रोकिएको छ । सोही पुल हुँदै माछापुच्छ्रे गाउँपालिकाका केही वडाका नागरिकसमेत पोखरा आवतजावत गर्ने गर्दछन् ।
















प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया