चीनको लागी नेपालका राजदुतमा विष्णुपुकार श्रेष्ठ स्वीकृत
मेरोन्यूज
२०७९ असार ५ गते २२:०७

काठमाडौं । चीनको लागि नेपालको प्रस्ताबित राजदुत विष्णुपुकार श्रेष्ठलाई चीन सरकारले अग्रिमो (स्वीकृति) दिएको छ । अग्रिमो आएसँगै अब श्रेष्ठलाई नेपालको संविधान अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतमा नियुक्त गर्ने छिन् ।
श्रेष्ठलाई संसदीय सुनुवाई समितिले जेठ ३ मा अनुमोदन गरेको थियो । नेकपा माओवादी केन्द्रको तर्फबाट सिफारिसमा परेका श्रेष्ठ लामो समय देखि नागरिक आन्दोलन तथा मानवअधिकारवादी आन्दोलनमा सक्रिय रहँदै आएका छन् ।
सरकारले श्रेष्ठसहित २० मुलुकका लागि गत चैत २४ मा राजदूत प्रस्ताव गरेको थियो । उनीहरू सबैको संसदीय सुनुवाई समितिबाट अनुमोदित भइसकेका छन् ।
कतारका लागि राजदूत नरेन्द्रविक्रम ढकाललाई भने राष्ट्रपतिले दोहाबाट अग्रिमो आएसँगै जेठ २६ नै नियुक्त गरिसकेकी छन् ।
सम्बन्धित
















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया