शुक्रबार, माघ ९, २०८२

‘गुण्डा नाइके’ समीरमान बस्नेत भेट्न कारागार पुगेका डिएसपीलाई कारबाही गर्न सिफारिस

मेरोन्यूज २०७९ असार ६ गते १९:५७

काठमाडौं । गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई भेट्न सुन्धारा कारागार पुगेका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिलन केसीलाई कारबाही गर्न सिफारिस गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी केसी केन्द्रीय कारागार सुन्धारामा रहेका हत्या आरोपित बस्नेतलाई भेटेको घटनामा कारबाहीको सिफारिस गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले आइतबार प्रतिवेदन बुझाएसँगै उनलाई कारबाहीको लागि सिफारिस गरेको हो ।

छानबिन समितिले डिएसपी केसीको कारागारमा गलत मनसायले नपुगेको देखाएको छ। तर उनले पदीय दुरूपयोग गरेको ठहर गरेको छ । डिएसपी केसी आफैंले नै बस्नेतलाई नभेटेको पनि प्रतिवेदनमा उल्लेख छ ।

समीरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार हुन् । उनी सोही हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। डिएसपी केसी जेठ २९ गते आइतबार सुन्धारास्थित कारागार पुगेका थिए ।

प्रतिक्रिया