‘गुण्डा नाइके’ समीरमान बस्नेत भेट्न कारागार पुगेका डिएसपीलाई कारबाही गर्न सिफारिस

काठमाडौं । गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई भेट्न सुन्धारा कारागार पुगेका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिलन केसीलाई कारबाही गर्न सिफारिस गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी केसी केन्द्रीय कारागार सुन्धारामा रहेका हत्या आरोपित बस्नेतलाई भेटेको घटनामा कारबाहीको सिफारिस गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले आइतबार प्रतिवेदन बुझाएसँगै उनलाई कारबाहीको लागि सिफारिस गरेको हो ।
छानबिन समितिले डिएसपी केसीको कारागारमा गलत मनसायले नपुगेको देखाएको छ। तर उनले पदीय दुरूपयोग गरेको ठहर गरेको छ । डिएसपी केसी आफैंले नै बस्नेतलाई नभेटेको पनि प्रतिवेदनमा उल्लेख छ ।
समीरमान सिंह बस्नेत २०७४ असोजमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्याका मुख्य योजनाकार हुन् । उनी सोही हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन्। डिएसपी केसी जेठ २९ गते आइतबार सुन्धारास्थित कारागार पुगेका थिए ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया