मेयर बालेन्द्रद्वारा चुनावी खर्च सार्वजनिक, कुल खर्च ३ लाख ९४ हजार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चुनावी खर्च सार्वजनिक गरेका छन् । सोमबार मेयर शाहले स्थानीय तह निर्वाचनका लागि भएको खर्च विवरण सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको चुनावी खर्च विवरणमा कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
निर्वाचनमा मतदाता नामावाली खरिदका लागि १ हजार‚ सवारीसाधनमा ९२ हजार रुपैयाँ खर्च भएको खर्च विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै प्रचारप्रसार सामग्रीमा ९२ हजार ८५‚ ढुवानी खर्च २ हजार ५ सय‚ गोष्ठी तथा कार्यकर्ता परिचालनमा १ लाख १३ हजार ५ सय रुपैयाँ खर्च भएको बताइएको छ ।

कार्यालय सञ्चालनमा १७ हजार २ सय ५० र विविधमा २८ हजार ५ सय गरी कूल ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । सामाजिक सञ्जाल र निर्वाचनको दिन प्रतिनिधि परिचालनमा भने खर्च नभएको विवरणमा उल्लेख छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
प्रतिक्रिया