गृहमन्त्री खाण र नेकपा बहुमतका अध्यक्षबिच भेटर्वाता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बास्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को टोलीले भेटघाट गरेको छ ।
मंगलबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा सरकारी पक्षमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट अध्यक्ष बास्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज लोहनी र दिपक सहभागी थिए ।
भेटमा २०७७ फागुन २० गते केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालिन नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा कुराकानी भएको छ ।
गृहमन्त्री खाणले सरकार नेकपासँग अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए । नेकपासँग भएका सहमति कार्यान्वयन गर्ने क्रममा मा प्रतिबद्ध छौँ । सहमतिमा समेटिएका केही बुँदा कार्यान्वयन भइसकेका र केही कार्यान्वयनको चरणमा रहेका गृहमन्त्री खाणले बताए ।
नेकपाका तर्फबाट संयोजक बास्तोलाले जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्न आग्रह गरेका थिए । सहमति कार्यान्वयनको विषयमा अन्य मन्त्रालय र निकायसँग समेत छलफल गर्नुपर्ने भएकाले ती निकायसहित बसेर पुनः छलफल गर्नेगरी बैठक सकिएको छ ।
तत्कालिन नेत्रविक्रम चन्द नेतृत्वको नेकपा फुटेर बास्तोलाको संयोजकत्वमा नयाँ पार्टी बनेको हो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया