यस्तो छ पोखराको नीति तथा कार्यक्रम (पुर्णपाठ)

पोखरा । तत्कालीन पोखरा नगरपालिका हुँदाबाट सधैं पोखराका बिजुली तार भूमिगत गर्ने चर्चा भइरहन्छ । प्रत्येक वर्ष नीति तथा कार्यक्रममै समेटिँदै आएको यो योजना ०७४ सालमा पोखराको मेयरमा मानबहादुर जिसी निर्वाचित भएर आइसकेपछि पनि दोहोर्याएका थिए ।
आफू निर्वाचित भएको करिब २ वर्षपछि ०७६ मंसिर २७ गते पोखरा सिद्धार्थचोकस्थित एउटा पोलमा गुजुल्टिएको तार काट्दै मेयर जिसीले भनेका थिए, ‘अब एक महिनाभित्र पोखराका मुख्यमुख्य ठाउँमा गुजुल्टो परेका तार हटेर छ्याङ्गै हुन्छ ।’
तर, मेयर जिसीको कार्यकाल सकिँदासम्म अव्यवस्थित तारलाई भूमिगत बनाउने योजना पार लागेन नै मुख्य चोकका पोलहरुमा थप तार गुजुल्टिए । योजना र तयारीबिनै तार काटेपछि सेवाप्रदायक संस्थासमेत रुष्ट बने । अन्तिममा तत्कालिन मेयर जिसीले भनेका थिए, ‘सोचेजस्तो सजिलो हुँदैन रहेछ । केही समय लाग्ने रहेछ ।’
अघिल्लो पटक विवादित र असफल बनेको पोखराका तार भूमिगत बनाउने योजना अहिले पोखरा महानगरले पुनः नीति तथा कार्यक्रममा समावेश गरेको छ । आगामी २ वर्षभित्र मुख्य सहरी क्षेत्रका टेलिफोन र अन्य तार हटाएर भूमिगत बनाउने घोषणा मेयर धनराज आचार्यले गरेका छन् ।
हेर्नुहोस् पुर्णपाठ
















इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डमा
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया