न्यायाधीश-अधिवक्ता घुस डिल प्रकरण
न्यायपरिषदले काठमाडौंका जिल्ला न्यायाधीश कोइरालालाई लगायाे काम गर्न रोक

काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्य सम्पादनमा रोक लगाएको छ । न्यायाधीश कोइराला र अधिवक्ता रूद्रप्रसाद पोखरेलबीचमा व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाइ गरिएको अडिओ समाचारमाथि छानबिन गर्न न्यायपरिषदले छानबिन समिति गठन गरेको छ ।
आज बसेको न्यायपरिषद बैठकले सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय विस्तृत जाँचबुझ समिति गठन भएको र न्यायाधीश कोइरालालाई काम गर्न रोक लगाएको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार जाँचबुझ समितिमा पाटन उच्च अदालतका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेललाई राखिएको छ । जिल्ला न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच दुई करोड घुस लिएर इच्छाराज तामाङलाई धरौटीमा छाड्ने गरी भएको टेलिफोन संवाद मंगलबार साँझ प्रसारण भएको थियो ।
झन्डै १० मिनेट लामो उक्त अडिओमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरि(फेरि नआउने भन्दै धरौटीमा तामाङलाई छोड्ने आदेश दिन भनेका छन् ।
त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिन्छन् ।सुरूमा आफ्नो जागिर जान्छ कि भनेर डराएका न्यायाधीश कोइराला उच्च अदालतमा पनि उनकै आदेश सदर गराउने अधिवक्ता पोखरेलको आश्वासनपछि सहमत भएको अडिओ सम्वादबाट प्रष्ट हुन्छ ।
सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच त्यसअघि नै लेनदेनको कुरा भएको देखिन्छ । अन्तिममा आदेश दिँदा भने न्यायाधीश कोइरालाले तामाङलाई धरौटीमा नछाडेर थुनामा पठाउने आदेश दिएका थिए ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया