मकवानपुरका बालबालिकालाई आजबाट फाइजर-बायोएनटेक खोप दिने

हेटौंडा । मकवानपुरका ५ वर्षदेखि १२ वर्षमुनिकालाई बालबालिकालाई बिहीबारबाट कोरोना भाइरसविरुद्धको फाइजर-बायोएनटेक खोप लगाइदिन भएको छ । ९ असारदेखि १५ गतेसम्म ५ देखि ११ वर्षमुनिका ६१ हजार ७५ जना बालबालिकालाई फाइजर खोप लगाइने जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरमा रहेका ४ लाख ६१ हजार ६४४ जनसङ्ख्या मध्ये १३ दशमलव २३ प्रतिशत बालबालिकालाई कोरोना भाइरस विरुद्धको फाइजर-बायोएनटेक खोप लगाउन लागिएको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
मकवानपुरको १० वटै स्थानीय तहमा फाइजर खोप लगाइने छ । खोपका लागि जिल्लाका सबै स्वास्थ्यकर्मीहरूलाई तालिम दिइएको उनले जानकारी दिए । मकवानपुरमा ३९० जना स्वाथ्यकर्मीलाई तालिम दिई खोपको लागि परिचालन गरिएको छ । पहिलो खोप लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइनेछ ।
कार्यालयको तथ्यांकअनुसार हेटौंडा उपमहानगरपालिकामा २५ हजार ९४९ जना, थाहा नगरपालिकामा पाँच हजार १८७ जना, बागमती गाउँपालिकामा चार हजार ५९ जना, बकैया गाउँपालिकामा पाँच हजार ३९० जना, भीमफेदीमा दुई हजार ८६४ जना, इन्द्रसरोवरमा एक हजार ८२२ जना बालबालिकालाई फाइजर-बायोएनटेक खोप लगाइनेछ ।
त्यसैगरी कैलाश गाउँपालिकामा दुई हजार ९१६ जना, मकवानपुरगढीमा तीन हजार २१३ जना, राक्सिराङ गाउँपालिकामा तीन हजार ४३० जना र मनहरीमा ६ हजार २४५ जना बालबालिकालाई फाइजर खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
















झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया